सूचना तथा जानकारी
विदेशबाट पठाएको पैसा सिधै सहकारीमा रहेको तपाईंको खातामा वा तपाईंले चाहेको व्यक्तिको खातामा तथा नेपाल अधिराज्यभर एक ठाउँबाट अर्को ठाउँमा एक सहकारीबाट अर्को सहकारीमा पैसा पठाउन र पाउनको लागि

अब सहकारी संस्था डिजिटल प्रबिधीमा

हाम्रो बारेमा
आजको युग उन्नत प्रविधिको युग हो । सहकारी संस्थालाई नीति, विधि र प्रविधियुक्त बनाउन सके संस्थागत सुशासन र सेवाको गुणस्तरियतामा एक तहको फड्को मार्न सकिन्छ । यो नै वर्तमान समयको माग हो । यसका लागि संस्थागत सुशासन र नविन प्रविधि अनिवार्य शर्त हुन् तथापि सिमित साधन स्रोतमा संचालित सहकारी संघ संस्थाहरुका लागि प्राविधिक व्यवस्थापन चुनौतिपूर्ण रहेको छ । अत्याधुनिक डिजिटल प्रणालीको युगमा आफ्ना सदस्यहरुलाई पुरानै तरिकाबाट सेवा प्रवाह गर्ने रणनीतिले बजारमा आफ्नो पहिचान स्थापित गर्न कठिनाई हुन्छ । यसबाट असुरक्षा, अपारदर्शिता, लागत बढ्न जाने, चुस्त व्यवस्थापन गर्न नसकिने र

दक्ष पौडेल सुभास
अध्यक्षको सन्देश
नेपालमा औपचारिक रुपमा सहकारी शुरु भएको छ दशक नाघिसकेको छ । यस दौरानमा ३५ हजार भन्दा बढि सहकारी संघ संस्थाहरु दर्ता भई संचालनमा रहेका छन् । ६० लाखभन्दा बढी व्यक्तिहरु सहकारीमा सदस्य भएर कारोबार गर्छन । सहरदेखि ग्रामिण क्षेत्रमा पनि सहकारी संस्थाहरु सफल रुपमा संचालित छन् । सहकारीमा हुने वित्तीय कारोबारमा दिन प्रतिदिन वृद्धि हुँदै गैरहेको छ । सर्वसाधरण जनताको सहकारीमा पहुँच सजिलो सहज हुने हुँदा आम नागरिकको सहकारीमा आकर्षण बढेको विश्वाश गर्न सकिन्छ । तथापि सहकारी क्षेत्रमा हुने आर्थिक तथा गैर आर्थिक कारोबारहरु प्रविधि सम्पन्न छैनन् भन्ने गुनासो छ । आजको युग उन्नत प्रविधिको युग हो । प्रविधिकै कारण नगद बिना नै आर्थिक कारोबार गर्ने प्रचलन सुरु भएको छ । नगद लिने, दिने, जम्मा गर्ने भूक्तानी गर्ने जस्ता झन्झटले कारोबारमा जोखिम बढाएको छ । ग्रामिण भेगमा बस्ने बासिन्दाहरुलाई दिन भरी हिँडेर रकम झिक्ने, जम्मा गर्ने र चेक सटही गर्नुपर्ने वाध्यता छ । हाम्रो दैनिक उपभोगमा प्रयोग हुने सर सामान खरिद गर्दा गरिने भूक्तानी, घरायसी एवं कार्यालयको विलहरु
सहकार्य
प्रयोगकर्ताका अनुभाव
For More Details
info@hubcooperative.com
014413353