× होमपेज हाम्रो बारेमा सेवाहरु प्रतिबेदनहरु सूचना र सन्देशहरू ग्यालरी डाउनलोड्स FAQs सम्पर्क
हब कोअपरेटिभ सर्भिस लिमिटेड
हब कोअपरेटिभ सर्भिस लिमिटेड

आजको युग उन्नत प्रविधिको युग हो । सहकारी संस्थालाई नीति, विधि र प्रविधियुक्त बनाउन सके संस्थागत सुशासन र सेवाको गुणस्तरियतामा एक तहको फड्को मार्न सकिन्छ । यो नै वर्तमान समयको माग हो । यसका लागि संस्थागत सुशासन र नविन प्रविधि अनिवार्य शर्त हुन् तथापि सिमित साधन स्रोतमा संचालित सहकारी संघ संस्थाहरुका लागि प्राविधिक व्यवस्थापन चुनौतिपूर्ण रहेको छ । अत्याधुनिक डिजिटल प्रणालीको युगमा आफ्ना सदस्यहरुलाई पुरानै तरिकाबाट सेवा प्रवाह गर्ने रणनीतिले बजारमा आफ्नो पहिचान स्थापित गर्न कठिनाई हुन्छ । यसबाट असुरक्षा, अपारदर्शिता, लागत बढ्न जाने, चुस्त व्यवस्थापन गर्न नसकिने र विश्वशनीयता कायम गर्न समस्या भैरहने हुन्छ । आम सहकारी संस्थाहरुले भोगिरहेका यिनै समस्याहरुको डिजिटल प्रविधिमार्फत पूर्ण समाधान दिनका लागि सहकारी ऐन २०७४ अनुसार हब कोअपरेटिभ सर्भिस लिमिटेडको स्थापना गरी संचालन गरिएको हो ।  सहकारी क्षेत्रमा लामो अनुभव भएका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सक्रियता र सहभागितामा यस संस्था स्थापना एवं संचालन भएको छ ।

यस हब कोअपरेटिभ सर्भिस लि. संस्थाले यस सँग प्रविधि आधनप्रधानमा जोडिएका सहकारी संस्थाहरुको केन्द्रीय भागमा रहेर आवद्ध सहकारी संस्था एवं सदस्यहरुलाई आधुनिक डिजिटल प्रविधिमार्फत विभिन्न किसिमका सेवाहरु सहजरुपमा प्रवाह गर्दछ । आपसी हीत र सहयोगमा आधारित सदस्य एवं सहकारी संस्थाहरुबीच हुने कारोबार र त्यसबाट प्राप्त हुने आर्थिक फाईदा वितरण कारोबारका आधारमा सदस्य एवं संस्थाहरुबीच नै हुने गरी व्यवस्थापन गरिएको छ । सहकारी दर्शन, मूल्य तथा सिद्धान्त अनुसार सहकारीहरुबीच पारस्परिक सहयोगको अवधारणालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्दै हाललाई यस हब को अपरेटिभ सर्भिस संस्था मार्फत सदस्य सहकारी संस्थाहरुलाई नविनतम प्रविधिमार्फत विभिन्न किसिमका सेवाहरू उपलब्ध गराउने छ ।

संस्थागत संरचना

लेखा सुपरिव्रेक्षण समिति


For More Details
info@hubcooperative.com
014413353