विदेशबाट पठाएको पैसा सिधै सहकारीमा रहेको तपाईंको खातामा वा तपाईंले चाहेको व्यक्तिको खातामा तथा नेपाल अधिराज्यभर एक ठाउँबाट अर्को ठाउँमा एक सहकारीबाट अर्को सहकारीमा पैसा पठाउन र पाउनको लागि

आजको दिनमा विप्रेषण (Remittance) सेवा अति आवश्यक र उपयोगी सेवाको रूपमा स्वीकारिएको छ । धेरै नेपालीहरू व्यवसाय, रोजगार र अध्ययनका लागि विदेशमा रहेका छन् । उनीहरूले आफ्नो कमाईको पैसा परिवारका सदस्यलाई पठाउन तथा विभिन्न प्रयोजनका लागि नेपालमा पैसा पठाउन विश्वसनिय माध्यम खोजिरहेका छन् । विदेशबाट पैसा पठाउने वा पठाइएको पैसा प्राप्त गर्ने अधिकांश व्यक्ती कुनै न कुनै सहकारी संस्थामा सदस्यको रूपमा जोडिकै हुन्छन् । यसलाई आत्मसात गर्दै यस हब कोअपरेटिभ सर्भिसले सिधै सहकारीमा रहेको खातामा विदेशबाट पैसा पठाउन सकिने सेवाको सुरुवात गरेको छ । यसका साथै नेपाल भित्रै पनि एकठाउँबाट अर्को ठाउँ सहकारीको खातामार्फत वा सहकारीको खातामा पैसा पठाउन सकिने सेवाको थालनी पनि यस संस्थाले गरेको छ ।
For More Details
info@hubcooperative.com
014413353